पोखराको पुर्व मेयर अस्वस्थ भएपछि अस्पतालमा भर्ना
पाेखरा | साउन ३१, २०७९
पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार बेलुका अकस्मात् छाती दुख्न थालेपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।
जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा.बुद्धि बहादुर थापाले जानकारी दिए । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या भने रहेनछ । थापाले भने, ‘ पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएको कारण हाल सोहीअनुसार उपचार भइरहेको छ ।’
पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ आचार्यले भने, ‘ उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य रहेको र मुटुको समस्या नरहेको बताएको छ ।’
जिसीसँग एक छिन दोहोरो कुराकानी भएपछि स्वास्थ्य लाभको कामना गरेर आफू फर्किएको मेयर आचार्यले बताए ।
डा.थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

